

गुणस्तरीय र गतिशील उच्च शिक्षा प्रदान गर्ने उत्कृष्ट प्राज्ञिक केन्द्रका रुपमा विकास गर्दे उच्च गुणस्तरीय अध्ययन तथा अध्यापनबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने नागरिक तयार गर्ने परिकल्पना तथा सङ्कल्प सहित २०६० सालमा स्थापित भगवति मा.वि. ले छोटै समयमा स्तरीय भौतिक पूर्वाधारको तयारी र उत्साहजनक शैक्षिक उपलब्धि हाँसिल गर्दे अनवरत रुपमा अगाडि बढिरहेको छ । पाठ्यक्रमको प्रभावकारी तथा गुणस्तरीय अध्ययन-अध्यापनबाट स्थापनाकालको प्रथम समूहदेखी नै उत्साहजनक नतिजासहित आर्दश विद्यार्थीहरु उत्पादन गर्दै स्नातक तह अध्ययन गर्न विश्वविद्यालय तर्फ उन्मुख गराउन सफल भऐका छौ । हाम्रा दक्ष अध्यापकहरुको लगनशीलता , विद्यार्थीहरुको परिश्रम, अभिभावकहरुको उत्साह र व्यवस्थापकीय समूहको कार्यकुशलताले नै हामीलाई परिणाममुखी बनाउन उत्प्रेरित गरेको छ ।
