विद्यार्थी आचार संहिता

  • अनुशासन नै विद्यार्थीको शैक्षिक जीवनको आधार तथा असल चरित्र नै जीवनको गहना भएकाले विद्यार्थीले सधैभरि असल चालचलन तथा शैक्षिक व्यवहार गर्नेछन् ।
  • विद्यालय परिसर भित्र अनावश्यक होहल्ला गर्ने , अस्वभाविक आवज निकाल्ने तथा गैर शैक्षिक क्रियाकलाप गर्न पाइने छैन ।
  • कक्षाहरु चलिरहेको बखत विद्यार्थी वा अभिभावकसँग भेटघाट गर्नुपर्ने भएमा अनुमति लिएर मात्र भेटघाट गर्नुपर्ने ।
  • सुर्ती तथा सुर्तीजन्य कुलतका वस्तु साथमा बोक्न तथा सेवन गर्न निषेध गरिएको छ ।
  • विद्यालयमा सबैसँग सौहार्दपूर्ण तथा असल शैक्षिक व्यवहार गर्नुपर्ने छ ।
  • सरलता तथा नम्रता उच्च मानवीय गुण भएकाले सोही बमोजिम सबै विद्यार्थीले आचरण गर्नुपर्नेछ ।
  • सदा उच्चतम् सिकाइ उपलब्धि हाँसिल गर्ने प्रयास गरिनु पर्दछ ।
  • पठनपाठनको प्रयोजनकालागि विद्यालय आउँदा मोवाईल साथमा ल्याउन पाइनेछैन । भेटिएमा जफत गरिनेछ ।