श्री भगवती मा.वि. का विशेषताहरु यस प्रकार छन् ।

क. १०+२ का सम्पूर्ण कार्यक्रमहरु प्रभावकारी ढङ्गबाट सञ्चालन गर्नसक्ने अनुभवी तथा दक्ष अध्यापकहरुको पर्याप्तता ।

ख. विद्यार्थीको सैद्धान्तिक सिकाईलाई व्यवहारमा रुपान्तरण गर्न सहयोग पु-याउने किसिमको

ग. विद्यार्थीहरुको उच्चतम परिणाम सुनिश्चित गर्न अध्यापक – विद्यार्थी, अध्यापक – अभिभाजक –विद्यार्थीबीच नियमित अन्तरक्रिया सञ्चालन ।

घ. विद्यार्थीहरुमा एकरुपता ल्याउन विद्यालय पोशाकको अनिवार्य व्यवस्था ।

ङ. सुविधासम्पन्न पुस्तकालय तथा E-Library को व्यवस्था ।

च. छात्रवृत्ति वितरणको लागि अक्षयकोष लगायतका स्रोतहरुलाई समुचित ढङ्गले परिचालन गर्ने व्यवस्था ।

छ. विद्यालय भवन आकर्षक र कक्षाकोठाहरुमा शिक्षण-सिकाइ अनुकुल हुनुको साथै सुविधायुक्त र शान्त ठाउँमा अवस्थित, लोडसेडि मुक्त वातावरण ।

ज. राधानगर र भलुवासम्म यातायातको सुविधा ।

झ. शैक्षिक तथा अनुसन्धानमूलक भ्रमणको व्यवस्था ।