विद्यालय व्यवस्थापन समिति अध्यक्षका तर्फबाट

हेमसागर ढकाल , विद्यालय व्यवस्थापन समीति अध्यक्ष

गुणस्तरीय र गतिशील शिक्षा प्रदान गर्ने उत्कृष्ट प्राज्ञिक केन्द्रका रुपमा विकास गर्दै उच्च गुणस्तरीय अध्ययन तथा अध्यापनबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने नागरिक तयार गर्ने परिकल्पना तथा सङ्कल्प सहित २०२१ सालमा स्थापित भगवती मा.वि. ले स्तरीय भौतिक पूर्वाधारको तयारी र उत्साहजनक शैक्षिक उपलब्धी हाँसिल गर्दै अनवरत रुपमा अगाडि बढिरहेको छ ।हाम्रा दक्ष अध्यापकहरुको लगनशीलता ,विद्यार्थीहरुको परिश्रम,अभिभावकहरुको उत्साह र व्यवस्थापकीय पक्षको प्रभावकारिताले हामीलाई परिणामुखी बनाउन उत्प्रेरित गरेको छ ।विद्यार्थीहरुको आन्तरिक क्षमताको पहिचान गर्दै ज्ञान , सीप र अभिवृद्धिको विकास गर्ने उद्देश्यका साथ अगाडि बढेको यस मा.वि. ले अनुशासित , मर्यादित र प्रविधियुक्त गुणस्तरीय शिक्षाप्रतिको प्रतिवद्धता व्यक्त गर्न चाहन्छौ ।आजको बदलिदो वैज्ञानिक तथा सु-संस्कारयुक्त युगको शैक्षिक जगतमा विकाश भएका शिक्षासँग सम्बन्धित सूचना , प्रविधिको ज्ञान र सीप विना कुनै पनि व्यक्ति पूर्ण नहुने भएकोले बदलिदो समयसँगै युग सुहाउँदो शिक्षा प्रदान गरी सवल, सक्षम तथा सुयोग्य शैक्षिक जनशक्ति उत्पादन गरी सिंगो राष्ट्रकै शैक्षिक जगतमा सफल हुन सक्ने विश्वास दिलाउन चाहन्छौं ।साथै यस विद्यालयलाई निरन्तर यहाँसम्म ल्याई पु-याउने सम्पूर्ण अभिभावक, जग्गादाता , बुद्धिजीवी, शिक्षाप्रेमी, पूर्व प्र.अ. ,शिक्षक, पूर्व वि.व्य.स पदाधिकारी लगायत सम्पूर्ण समाजसेवी र सरोकारवालाहरुमा आदर र सम्मान व्यक्त गर्न चाहन्छु ।